डल्लीको चमत्कारी छोरा !

प्रकाशित मिति: १६ मंसिर २०७६, सोमबार ०८:२४

प्रेमी : ‘हेर प्रिया, म तिमीसंग सबै कुरा शेयर गर्न चाहन्छु।’

प्रेमिका : ‘मेरो लागि अहोभाग्य ! तर पहिला बैंक मौज्दातबाट सुरु गर्नुस ल !’

———————————————————————-

आमा : ‘छोरी, आज पहिलो दिन स्कुलमा कति रमाइलो गर्यौ ?’

छोरी : ‘के को पहिलो दिन ? भोलि देखि म स्कुल नै जान्न !’

————————————————————-

डल्ली : ‘मेरो छोरो यति भलाद्मी छ, उसलाई देखेर म त मख्ख हुन्छु !’

काली : ‘चुरोट खान्छ कि खाँदैन ?’

डल्ली : ‘खान्दैन ।’

काली : ‘रक्सी खान्छ ?’

डल्ली : ‘रक्सी कहाँ खानु ! खाँदैन ।’

काली : ‘झैझगडा गर्छ कि गर्दैन ?’

डल्ली : ‘बिचरा ! साधु छ, साधु !’

काली : ‘उमेर चाहिं कति भयो ?’

डल्ली : ‘६ महिना पुग्नै लाग्यो नि !’
———————————————

तस्वीर साभार : ( सामाजिक संजाल )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com