कुखुराको पेटमै अण्डा ब्वायल गर्ने तयारी !

प्रकाशित मिति: १८ मंसिर २०७६, बुधबार ११:२१

 

जुत्ता पसलमा पसले र ग्राहकबीचको कुरा

रोहन : ‘साहुजी, राम्रो जुत्ता देखाउनु त ।’

पसले : ‘यो लगाउनुस राम्रो छ ।’

रोहन : ‘यो त अलि साँघुरो भयो नि ।’

पसले : ‘यो एक हप्ता भित्र मै ठिक भै हाल्छ ।’

रोहन : त्यसो भए ठिक छ । मैले पनि एक हप्तापछि नै लगाउने हो !

———————————————————-
प्रश्न :’बायलोजी शिक्षक र फिजिक्स शिक्षकबीच बेमेल हुनुको मुल कारण के होला ?’

उत्तर : ‘क्यामेष्ट्री शिक्षकको अभाव हुन सक्छ सर !’

—————————————————————————-
नर्सरीमा पढ्ने बच्चाले ममीसंग अनौठो जिज्ञाशा राखेपछि………..

बच्चा : ‘ममी, आकाश किन त्यति अग्लो बनाएको ?’

आमा : ‘चराहरु उड्दा पखेटा नठोकिउन भनेर छोरो !’

————————————————–

कुखुरा फर्म छेवैमा बसेर पुन्टेले पानी तताई रहेको देखेपछि

भुन्टे : ‘पानी किन तताएको यार ?’

पुन्टे : ‘पोथी कुखुरालाई खुवाउन !’

भुन्टे : ‘तातो पानी नै किन खुवाउनु त ?’

पुन्टे : ‘ब्वायल अण्डा पारोस भनेर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com