आजका चुट्किलाहरु : बाबुको डर, छोरीको रहर !

प्रकाशित मिति: २० मंसिर २०७६, शुक्रबार ११:११

भूगोलको कक्षा चलिरहेको बेला

शिक्षक : ‘ल भन त गङ्गा कहाँबाट निस्कन्छिन् र कहाँ मिल्छिन् ?’

बिधार्थी : ‘गङ्गा बिहान दस बजे घरबाट निस्किन्छिन, स्कुल पछाडी चौरमा रोहनसंग मिल्छिन् सर !’
————————————————————————————

बाबु : ‘हेर छोरा, कहीं पनि पटक पटक जानाले इज्ज्त घट्छ, सधैं जानु हुन्दैन ।’

छोरा : ‘बुझें बुबा, भोली देखि म स्कुल जान्न है त !’

——————————————————————

बाबु : ‘छोरी, जमाना राम्रो छैन, रातमा घर आउँन ढिला नगर ।’

छोरी : ‘बुबा, म अब बयस्क भई सकें, डराउनु पर्दैन ।’

बाबु : ‘मलाई त्यसैको त डर हो नि छोरी !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com