खाली कचौरामा तरकारी देख्ने शिक्षक !

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलवार ०९:३०

आमा : छोरी, यस पटक चाँही सोच्नु पर्छ है, मंसिर लाग्न आँट्यो ।

छोरी : अस्ति नै सोचि सकें, धन्दा नमान्नु ।

आमा : आहा ! के सोच्यौ भन त ?

छोरी : थोत्रा पातला फाल्ने नयाँ बाक्ला हाल्ने, जाडोको दबाई  !
👌👌

रामुकी श्रीमति आफ्नै गाडी चालकसँग पोइल गएपछी…….

श्यामु : अव के गर्छौ भन त ?

रामु : अव के गर्नु र ! आफ्नो गाडी आफैं चलाउँछु !

👌👌

एक शिक्षकले खाली कचौरामा रोटी चोब्दै खाँदै गरेको देखेपछि……….

वेटर : सर, कचौरा खाली छ तर तपाईँ त चोब्दै खाँदै हुनुहुन्छ, कुरा के हो ?

शिक्षक : म गणित शिक्षक हुँ, मैले एकछि मानिलिएँ, कचौरामा  तरकारी छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com