कान्छी प्रधानमन्त्रीको समाचार र कालापानीको जवाफ !

प्रकाशित मिति: २४ मंसिर २०७६, मंगलवार १०:१९

 

एक लाख नेपालीभाषी भारतीय नागरिकता सूचिबाट हटाइए, १९ लाख राज्य बिहिन
‘कालापानी नेपाल’को भन्ने बिरुद्ध रेडकार्डको संकेत !

साउदी रेस्टुरामा अब महिला र पुरुष एउटै ढोकाबाट छिर्न पाउने
मासाल्हा ! इन्शालाहा ! ठिक सल्लाह !

३४ बर्षीय सन्ना मारिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै
सान्ना मारिन, दुनियाँलाई छक्कै पारिन्, बृद्ध नेतालाई भुतुक्कै पारिन् ।

गर्भगृहको तस्बिर सार्वजनिक भएपछि पशुपतिनाथमा मोबाइल फोन लान निषेध गरिने तयारी
अघिअघि चोर, पछिपछि पुलिस !

दिल्लीले नबोलाउँदा रोकियो माधव नेपालको भ्रमण
खान लागेको भाग खोस्न आउनेलाई थान्को मुन्को नगरी कसले बोलाउँछ !

महिन्दा राजपाक्षेको आनीबानी : ज्योतिषको सल्लाह अनुसार निर्णय गर्ने प्रधानमन्त्री
फेसबुके ज्योतिष कि रियल ज्योतिष ? त्यसमा फरक पर्छ ।

बिग मर्जरको चहलपहल : ग्लोबल र जनतापछि अरु बैंक पनि तातिए
तात्तिएकामात्र होइनन्, सरकारी एक्सन् देखि आत्तिएका पनि हुन् !

राष्ट्रियसभामा कांग्रेस ६ सिटमा खुम्चिँदै, नेकपालाई मालामाल !
ओरालो लागेको बेला बाछाले पनि खेद्छ भनेको यहि हो !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com