पढाउँदा पढाउँदै राजाको ओछ्यानमा पुगिन् !

प्रकाशित मिति: २५ मंसिर २०७६, बुधबार ०८:३७

रोहन : ( रोशीकासँग ) ‘म तिमीलाई मन पराउँछु, मसँग प्रेम गर्छ्यौ ?’

रोशिका : ‘म पनि मन पराउँछु, तर …’

रोहन : ( खुशी हुँदै ) ‘भन न तर के ?’

रोशिका : ‘ऐलेको सँग ब्रेकअप भएपछि मात्र !’

👍👍

पति : ‘दैनिक रुपमा बिहान एक पटक किचन र्याक खोले चिनीको डब्बा हेर्दछन् ।’

पत्नी : ( अचम्म मान्दै )’ तपाईँ दैनिक किन चिनीको डब्बा हेर्नुहुन्छ ?’

पति : ‘डाक्टरको सल्लाह अनुसार दैनिक सुगर चेक गरेको !’

👍👍

शिक्षिका : ( इतिहासको कक्षा लिंदै) ‘सुन भाई बैनी हो, राजा जनक एकदिन आफ्नो ओछ्यानमा प…..’

श्याम : ‘मीस, रामले मलाई चिमोट्यो !’

शिक्षिका : ‘राम,   म तिमीलाई बाहिर निकालिदिउँ  ? नचलि बस ।’

शिक्षिका : ( एकछिन अल्मलिंदै)  ‘भन त अघि म कहाँ पुगेकी थिएँ ?’

राम : ‘राजा जनकका ओछ्यानमा मीस  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com