साग गेम समापन : प्रधानमन्त्रीको घोषणाबाट को को रिसाए ?

प्रकाशित मिति: २६ मंसिर २०७६, बिहीबार ११:२१

तरुण दलले भन्यो -राखेप सदस्यसचिव र खेलकुद मन्त्रीलाई बर्खास्त गर
धेरै पदक जिताएर पुरस्कारमा रकम खर्च गराइएकोमा आपत्ति !

गौरिकालाई प्रधानमन्त्रीले भने- म पनि एउटा स्विमर हो
कहिल्यै नदेखेको, ऐले सुनेको कुरा त्यसैले ‘होला’ !

प्रधानमन्त्री बन्न मात्र राष्ट्रिय सभामा जान्छु: वामदेव गौतम
अहंकारले महत्वाकांक्षा बढाउँछ, त्यसमा चढे भुइमा लडाउंछ !

अवार्ड नपाउँदा रिसाए शाहिद कपुर, कार्यक्रमलाई बीचैमा छोडेर हिँडे
मान्छेको जुनी पाउँदा खुशी हुने, नपाउँदा रुने, सारै बैगुनी !

स्वर्ण पदक जित्ने केही नेपाली महिला खेलाडीहरू पहिला परिवारसँग लुकेर अभ्यास गर्थे
ढुक्क भए हुन्छ, अब कसैले डराउनु पर्दैन, घचेटेर अभ्यासमा पठाउँछन् !

प्रधानमन्त्रीको सरप्राइज प्याकेज : टिम इभेन्टका पदक विजेता निराश !
धेरै भए भाई अंश थोरै पाई, एक्लै जन्मियो उसैको रजाईं,खै कुरो बुझेको !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com