लोभले लाभ, लाभले प्ल्यात ! -हेडलाईन ह्युमर

प्रकाशित मिति: २९ मंसिर २०७६, आईतवार ०९:५१

दशगजामा भारतीय चौकी : नेपाल सरकार अनविज्ञ
यसै प्रसंगमा, भारतीय प्रधानमन्त्री मोदिले आफ्नो स्थाइ ठेगाना बालुवाटार बनाउने भएका छन् ।

बिहेकै भोलिपल्ट दुलहीको हत्या
प्रहरी हिरासतमा दुलहाले भने, ‘बिहे गरेर बसिसकेपछि हल्का ठाकठुक त परिहाल्छ नि !’

लगानी फिर्ताको निर्देशनपछि नेपालमा रहेका ४८ उत्तर कोरियालीको भिसा रद्द
‘किम जङ उन’ जस्तै नामको बिचमा ‘जङ’ देखेर मात्रै भिसा दिईएको थियो !

मौसमसँगै चिसियो चलचित्रको व्यापार, ६ हप्तामा एक दर्जन फ्लप
चिसिएपनि दिपक-दीपाको टिमलाई न्यानो भैरहेको जानकारी

मसालका महामन्त्री मोहनविक्रम सिंह हिँड्दाहिँड्दै लडे, रिपोर्ट सबै ‘सामान्य’
‘अर्धभूमिगत रहन खोज्दा लड्नु भएको हो ।’ – मसालका प्रवक्ता ज्वाला

अवैध बाटोबाट अमेरिका : २ वर्षमा ९२ जना डिपोर्ट, एजेन्टलाई बुझाएको करोडौं स्वाहा !
लोभले लाभ – लाभले विलाप – विलापले प्ल्यात !

भिजिट नेपाल २०२० कालागी पर्यटक बोलाउन होटेल व्यवसायी चीन जाँदै
ओए, निहाओ । नेपाल आओ । एटिएम भत्काओ । पैसा पचाओ । चाईचेन ।

नेपाली भूमी मिचिएको विरोधमा फ्रान्सस्थित भारतिय दूतावास अगाडि नेपालीको प्रदर्शन
लिपुलेकको बदलामा फ्रान्सले आफ्नो केही भूभाग नेपाललाई दिने अपेक्षा

असनको एक स्कुलमा गर्भवतीलाई बिदा नदिँदा प्रधानाध्यापकको बढुवा रोक्का
‘दिने भए बिदा देउ, नदिने भने घर जाउ ।’ नयाँ नियामावली

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com