मोदी लड्नुको नेपाल कनेक्सन ! – हेडलाईन ह्युमर 

प्रकाशित मिति: १ पुष २०७६, मंगलवार ०७:४१

बलात्कार आरोपी सिद्धबाबाको हातमा त्रिदण्ड !
कसैको हात खाली छैन, कानुनको हातमा चाहिँ उनलाई दिने कडा दण्ड 

बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका डीएसपी श्यामकुमार राईले पाए सफाइ
‘श्याम’ नाम गरेको मान्छेलाई कसरी ‘रङे’हात पकड्यो ? यसको सफाइ कसले दिने ?

कांग्रेस बैठक बस्दै नबसी स्थगित
क्रान्तिकारी माओवादीको ‘कालापानी जाऔं’ अभियानमा सहभागी हुन स्थगित गरिएको त हैन ? अब पालो एकिकृत माओ-काङ्ग्रेसको ! 

भारतमा विरोध चर्किएपछि प्रधानमन्त्री मोदीद्वारा शान्ति कायम राख्न आग्रह
मोदीलाई नागरिकता कानुन संसोधनको मुद्दा खारेज गर्न गजुरियल डटकमको आग्रह 

गरिब देशहरूमा कुपोषण र मोटोपनाको दोहोरो मार
यस्ता दुईपक्षीय गठबन्धन हामी बुझ्दैनौँ, दुई तिहाइको सरकारलाई यस्तो हेड्लाइनले हेप्नी ?  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिंड्दा हिंड्दै चिप्लिएर झन्डै पछारिए
भन्नोस् – के सोच्दै हिंड्दै थिए होला ?
क. कस्मिर समस्या ख. कालापानी समस्या ग. नागरिकता कानुन 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com