बिजुली आउँदै जाँदै गर्नुको कारण यस्तो, प्राधिकरणले थाल्यो ममबत्ती खोज्न 

प्रकाशित मिति: २ पुष २०७६, बुधबार ०८:४९

कुकुर मार्ने विरुद्ध प्रहरीले उजुरी लिन नमानेको पशु अधिकारकर्मीको गुनासो
साना बच्चाहरुलाई ‘नजिकैबाट टिभी नहेर्न’ भनेको जस्तो होइन त नमान्न । कानुनमा भएको सबै कुरा मान्नुपर्ने हो प्रहरीले

फोर्ब्सकाे नजरमा नेपाल १ नम्बरकाे घुम्नलायक देश
आहा ! अब भिजिट २०२० को नजरमा फोर्ब्स नम्बर १ पढ्नुपर्ने पत्रिका भयो !

देशद्रोहको अभियोगमा परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
अभियोग त अमेरिकाको राष्ट्रपति भएको भए पो गर्नु, बिथ्थामा ज्यान गुमाउनु त पर्दैन थियो । 
 
पब्जीको ‘विश्वकप’मा नेपाली टिम सातौं, जित्यो १० लाख
यसबारे प्रधानमन्त्रीको अर्को घोषणाको पर्खाइमा छौं हामी 

उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षकको पेस्तोल हरायो
अङ्गरक्षकलाई एउटा ढङ्गरक्षक देउ सरकार ।

बत्ती आउने-जाने समस्या बढ्यो, के गर्दैछ प्राधिकरण ?
त्यहाँ पनि बत्ती आउँदै जादै गरिरहेको होला, अँध्यारोमा के गरोस् त प्राधिकरणले !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com