रोहन एकै रातमा मालामाल हुँदै !

प्रकाशित मिति: ८ पुष २०७६, मंगलवार २२:०६

रोहन र उनकी श्रीमतीबीच वाकयुद्ध हुँदैगर्दा……..

रोहन : ‘म यो श्रीमान् पदबाट राजिनामा दिन चाहन्छु !’

श्रीमतीले जवाफमा भनिन् : ‘बैकल्पिक ब्यबस्था नहुन्जेल पदमा रहिरहनु होला !’

========================================

रोहन : ‘बुबा, भोलिदेखि त म मालामाल हुँदैछु नि !’

बाबु : ‘आहा ! तर, कसरी ?’

रोहन : ‘भोलि हाम्रो गणितको कक्षामा सरले पैसालाई रुपयाँमा बदल्न सिकाउँदै हुनुहुन्छ !’

=======================================

आमा : ‘छोरी, धेरै मोबाइल नचलाउ, मान्छे बिग्रिन्छ ।’

छोरी : ‘ ममी मलाई थाहा छ, त्यसैले म हजुरको मोबाइलमात्र चलाउँछु !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com