पुटिनको कम्प्युटर, उपेन्द्रको सत्ताछोरण, प्रधानमन्त्रीको स्टप !

प्रकाशित मिति: ९ पुष २०७६, बुधबार ०८:१५

उपेन्द्र यादवको समाजवादी पार्टी बाहिरिएपछि सरकारले गुमायो दुई तिहाइको समर्थन
समाजवाद र साम्यवाद बिचको भिन्नता बुझ्न गार्हो भएकाहरुले पाए शान्ति

प्रधानमन्त्रीले ‘स्टप’ भनेपछि उपेन्द्रको संविधान संशोधन प्रस्ताव रोकियो
कुनै कम्युनिस्ट राष्ट्रको भाषा प्रयोग गरेको भए दुई तिहाइको समर्थन गुम्दैन थियो होला नि । पुँजीबाद नै साम्यवादको अन्त्य हुने भयो ।

भ्रमण वर्षको बल्ल सुरसार
धन्न क्रिस्मस र न्यु इयर मनाई सकेर मात्र सुरसार गर्न थालेनन् भन्नोस न ।

१८ वर्ष पुरानो विन्डोज एक्स्पी चलाउँछन् भ्लादमिर पुटिन
भनेपछि आफ्नो पहिलो कार्यकाल सुरु भएदेखि उनले प्रविधि सम्बन्धित समाचारमा त्यति ध्यान दिएका रहेनछन् ।

नेपालमा अपराध गरेको नदेखिए समातिएका चिनियाँलाई देश निकाला गरिने
नेपालबाट निष्कासन भएर चीन, माथि चीनले नि देशनिकाला गर्ने भएपछि नक्सा हेर्दा त यिनीहरु रुस जान्छन् जस्तो छ !

‘ओली ज्ञानेन्द्रभन्दा बढी खतरनाक भए, अब संसदमा प्रतिरोध हुन्छ ।’ – गगन थापा
ज्ञानेन्द्र खतरनाक हुँदा सडकमा विरोध भएको थियो । हजारौँ शहिद भएका थिए । संसदमा प्रतिरोध गरेर त उही कुर्सी भाँच्ने मात्र हो ।  

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com