उपेन्द्र-गोकुल दोहोरी – ‘दुई तिहाईको दम्भ खत्तम !’, ‘फुईं तिहाईको घुर्की खलाँस ।’ हेड्लाइन ह्युमर

प्रकाशित मिति: १० पुष २०७६, बिहीबार १०:००

‘भ्रमण वर्षमा सरकारले नयाँ केही दिनुपर्‍यो ।’ – कामनपा प्रमुख विद्यासुन्दर शाक्य
दुई तिहाइको समर्थन बिना त सरकार नै नयाँ दिइन्छ जस्तो छ काम नपा प्रमुखज्यु ।

‘सरकारको दुई तिहाईको दम्भ समाप्त भयो ।’ – निवर्तमान मन्त्री उपेन्द्र यादव
‘संबिधान संशोधनको फुईं तिहाई दम्भ स्वाहा भयो ।’ – सरकारका प्रवक्ता गोकुल बाँस्काेटा

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि राजपा ‘खुसी’
अर्थात् उपेन्द्र यादवले सरकार छोडेपछि राजेन्द्र महतो खुसी 

डोजर चल्यो तर उठेन थापाथलीको सुकुम्वासी बस्ती !
उठ्दैन उठ्दैन, स्थायी बसोबास हुने ठाउँ नहुन्जेल मरिगए उठ्दैन, डोजरले घाइते नै बनाएपनि 

पर्यटन वर्ष २०२० मा १० लाख पर्यटक भित्र्याउने दाबी प्रदेश १ को दाबी
दशैमा घर जाने र तिहारमा फर्कनेहरुको आवतजावतले त यही वर्ष पनि १० लाख पुग्यो होला नि । अझै ठुलो सपना देखौँ । 

भारतमा त्यत्रो आगो बल्दा किन बोल्दैनन् तीन खान ?
बिजी छन् । सलमान दबङ ३ को प्रमोसनमा व्यस्त, शाहरुख नयाँ फिल्म बनाउँदै होलान्, आमिर यसै पनि धेरै बोल्ने मान्छे होइनन् । 

विरोधको बेवास्ता गर्दै भारतमा नयाँ ‘जनगणना’ प्रस्ताव स्वीकृत
यो त सारा संसारको आलोचनाको बेवास्ता गरेर भएको हो । त्यस्तो गर्न पनि असाधारण अठोट चाहिन्छ जुन मामुली चायवाला वा चौकिदारसँग मात्र हुन्छ ।   

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com