सौराहामा हात्ती आयो काठमाडौमा फुस्सा ! Headline Humor

प्रकाशित मिति: १२ पुष २०७६, शनिबार ०८:३६

भारतले मुस्लिम बाहुल्य जिल्लामा इन्टरनेट सेवा बन्द गर्‍यो
‘हिन्दूस्तान’ नामप्रतिको आत्मियतालाई व्यवहारमा उतारेको मात्र हो, अरु केही होइन ।

अब बैंकबाट ऋण लिन कठिन, व्यवसायी निराश
निराश हुने नै भए, आफ्नै पैसा चलाऊन कसलाई चाहिँ मन लाग्छ र !

सिद्धबाबाको छालामा एलर्जी, अदालतले आजदेखि बयान लिने
उनको बयानमा भने नैतिकतासंगको एलर्जी प्रस्फुटन हुने अनुमान

भ्रमण वर्षको दिन सुरुमा चितवन आउने २० जनालाई निशुल्क बास
यो घोषणाले भ्रमण वर्ष २०२०लाई न घाटा हुने न फाइदा, सौराहामा हात्ती आएपनि नआएपनि फुस्सा

‘सभामुख चयनमा बाधक बन्दिनँ ।’ – उपसभामुख तुम्बाहाम्फे
‘अरु नै थुप्रै बाधाहरु आइपर्दैछन् उपसभामुखज्यु, तपाईं बाधक बनेपनि कसैले ध्यान दिनेछैन ।

रुसमा वैकल्पिक इन्टरनेटको सफल परीक्षण
आफ्नो देशकोलागी आफ्नै इन्टरनेट ! यो पो हो त असली समाजवाद ।

अध्यक्ष दाहालद्वारा निर्माणाधीन रङ्गशालाको अवलोकन
सभामुख चयन गर्ने झन्झटबाट मुक्त हुन अवलोकन गर्न गएको स्थानीयको बुझाई

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com