प्रधानमन्त्रीको टिप्पणीमाथि नवोदित कविको प्रतिटिप्पणी ! ! – आजका हेडलाइनहरु

प्रकाशित मिति: १३ पुष २०७६, आईतवार १२:२४

‘संख्या प्राथमिक होइन, नेपाललाई खर्चालु पर्यटक चाहिन्छ’- दिपकराज जोशी
विश्वका दश धनाढ्यलाई निमन्त्रणा गर्ने जिम्मा नेपालका विनोद चौधरीलाई दिउँ !

सात प्रदेशको सामूहिक आग्रह : प्रदेश प्रहरी गठनको बाटो खोलिदेऊ
सबै अधिकार आफै नलेउ, प्रहरी चलाउने काम हामीलाई देऊ !

आशा भोस्लेको व्यङ्ग्य : नेपालले मलाई किन यति चाँडो बोलाएको ?
देशका कलाकार त मृत्युपछि पुजिन्छन्, तपाइंलाई धन्न भन्नु न भोश्ले दिदी !

सन् २०३० सम्म नेपालीको आय वार्षिक साढे १२ हजार डलर- मन्त्री बाँस्कोटा
कि आँटले खान्छ, कि ढाँटले खान्छ ! पुरा भएछन् भने आँटेका कुरा नभए ढाँटेका कुरा !

संसदमा प्रधानमन्त्रीको टिप्पणी : कविहरु पनि नयाँ-नयाँ निस्किए !
नवोदीत ‘कभिचार्य’ को प्रतिटिप्पणी – यसरी नयाँ कविलाई उडाउनु, मन नपरेको मान्छे हिंडेको बाटो गन्हाउनु हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com