स्कुल ढिला पुग्दाको नतिजा

प्रकाशित मिति: १३ पुष २०७६, आईतवार १५:५२

त्यो दिन प्रनिशले स्कुल पुग्न अलि ढिला गरेछ । एसेम्ली सकेर ९ कक्षाका विद्यार्थीहरु पंक्तिबद्ध भएर आफ्नो कक्षातिर हिँडीरहेका थिए । त्यहीबेला सरिता मिसले प्रनिश स्कुलको गेटभित्र छिरेको देखिन् र कुद्दै गएर उसलाई सोधिन् – ‘कति ढिला गरेको ? लु लु जाउ, लाइनको लास्टमा उभिनु अनि साथीहरुसंगै जानु ।’

त्यति भनेर सरिता मिस आफ्नै सुरमा अल्मल्लिन र बिस्तारै कक्षा प्रवेश गरिन् । यसो यताउती हेर्दा प्रनिशलाई देखिनन् र उसलाई खोज्न गइन् । प्रनिश भने अघि उसको क्लासको लाइन भएको ठाउँमा बसिरहेको रहेछ ।

सरिता मिस – ‘ल हेर, तिमीलाई लाइनको लास्टमा उभेर साथीहरुसंगै जान भनेको होइन ? किन बसिरहेको यहाँ ?’
प्रनिश – ‘त्यही गरेको मिस, तर लाइनको लास्टमा अर्कै साथी उभिरहेको थियो ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com