चीन जानेको लर्को, घाटको न घरको – आजका हेडलाईनहरु

प्रकाशित मिति: १४ पुष २०७६, सोमबार १९:२४

नेकपा सचिवालयमा फेरियो प्रचण्डको आसन
पहिला नामको आशन थियो, अहिले कामको आशन दिइयो । खै कुरा बुझेको !

यस्तो छ प्रधानमन्त्री ओली बस्ने नयाँ घर
ओलीको घर होइन, त्यसैले, यस्तो छ प्रधानमन्त्री बस्ने नयाँ घर ! भन्नु पर्ला ।

गाँजाले संसारभर वैधानिकता ? अनुसन्धान भन्छ – गाँजा खानेको यौन क्षमता नखानेको भन्दा बढी
त्यसैले त ‘गंजडीको घर – कलहको शहर’ बनेका छन् !

जनसम्पर्क समिति अमेरिकाका सभापति विष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित
बिष्टजीलाई नाम चाहिने, काङ्ग्रेस पार्टीलाई दाम चाहिने !

रक्षा नेपालमा बालबालिकामाथि चरम शोषण : पूजा बोहोराको सनसनीपूर्ण बयान
भोकाएका रक्षकरू अघाएपछी भक्षक बन्दै गएको आशंका !

चार महिनामै गृह मन्त्रालयबाट चीन जान मनोनितको सङ्ख्या पोहोरभन्दा डेढ गुणा बढी -बिबिसी
कम पो भयो ! सित्तै जान पाउँदा पांच गुणा हुनु पर्ने ! चीन जानेको लर्को, घाटको न घरको ।

३ नम्बर प्रदेशको नाम वागमती, राजधानी हेटौडा
वागमती, बिष्णुमति, जहाँ भए नि, यत्रैसिती !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com