बुद्धिमानले नसकेको काम बलमानले यसरी फत्ते गर्यो !

प्रकाशित मिति: १५ पुष २०७६, मंगलवार ०८:२४

हात्ती नै पल्टाउँन सक्ने ज्यानदार बलमान पहिलो पटक गाडी चढेर परदेश हिंडेछ । पर्याप्त पैसा नभएकाले उसले सीट पाएन । उसकालागि उपयुक्त बस्ने ठाउँ ड्राइभर छेउको बोनेट मिल्यो । बले रातभर निधाएन, केवल गुरुजीको दुख:मात्र हेरिरह्यो । उसले ड्राइभरको सबैभन्दा दुख: गियर लिभर हल्लाउनु नै ठान्यो ।

उज्यालो भएपछी गाडी रोकेर ड्राइभरले भने- ‘ल तल ओर्लनुस है, ५ मिनेट जानुस, चिया पनि खानुस ।’ गाडीबाट सबै बाहिर निस्किए पनि बलमान निस्किएन । उसले आफ्नो मुडेबल लगाएर गियर लिभर भाँचभुच बनाएर नटबोल्टू समेत थुपारे गाडीभित्रै बसेछ । यस्तो  देखेपछि ड्राइभ रिसाउँदै भन्छन् : ए भाई तिमीले यो के अन्याय गरेको ? खत्तम गरेछौ नि !

बलमानले जवाफ दिंदै भन्यो : मैले त तपाइलाई न्याय गरेको गुरु ! रातभर हल्लाउँदा पनि उखेल्न सक्नु भएन, मैले ५ मिनेटमै फत्ते गरेँ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com