नयाँ बर्ष भित्र्याउने तीन जोक्स

प्रकाशित मिति: १५ पुष २०७६, मंगलवार २०:२१

फुटबलको ठुलो पारखी रमेशलाई रातीको आठ बजे उसकी प्रेमिका रमाले टेक्स्ट गरिन् – ‘तिमी फुटबललाई बढी मनपराउँछौ कि मलाई?’
११ बजे रमाले रिप्लाई पाइन् – ‘अफ कोर्स तिमीलाई नि ।’

—————————

विच बाटोमा रिसले चुर हुँदै एक महिलाले आफ्नो छोरोसँग हिड्दै गरेकी अर्की महिलालाई भनिन् – ‘कस्तो नराम्रो बानी भएको छोरो रैछ तपाईंको । उसले मलाई के भन्यो थाहा छ ? कस्तो घिन्लाग्दी आन्टी रे !’

अर्की महिला – ‘अहो, मलाई माफ गर्दिनुस् है, उसलाई पनि । मैले हजारौँ पटक भनेको छु उसलाई, अचेल महिलाहरुलाई आन्टी भनेको मन पर्दैन, दिदी भन्नुपर्छ भनेर ।’

————————–

(५०को नोट दिँदै) ग्राहक – ‘एउटा स्टेफ्री प्याड दिनोस् न ।’
औषधी पसले – ‘लिनुस् । कसको लागि हो र ?’
ग्राहक – ‘मेरै लागि हो हुन त ।’
औषधी पसले – ‘हँ ! के भन्नुहुन्छ ?’
ग्राहक – ‘मेरो किचनभरी पानी पोखियो क्या !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com