२०२०को पहिलो रातकालागी तीन जोक्स

प्रकाशित मिति: १६ पुष २०७६, बुधबार १९:०९

भर्खर चिनजान भएका दुई केटाहरु कुरा गर्दै बसिरहेका थिए।
पहिलो केटो – ‘म त गणितमा एकदम सिपालु छु नि । जस्तो हिसाब दिएपनि तुरुन्तै गर्दिन्छु ।’
दोस्रो केटो – ‘हो र ? लु २७५३ लाई २५ ले भाग लाएर ९७ थप्दा कति हुन्छ भन त ?’
पहिलो केटो – ‘त्यती जाबो । ६६ हुन्छ नि ।’
(क्याल्कुलेटर थिच्दै) दोस्रो केटो – ‘मिलेन मिलेन, पटक्कै मिलेन ।
पहिलो केटो – ‘तर तुरुन्तै त गरिदिएँ नि, हैन र ?’

——————————————————————————————

राजकुमार – ‘सार्है दु:ख लागिरहेको छ यार । मेरो हजुरबुवा बित्नुभयो हिजो ।’
नारायण – ‘ला हो र ! कसरी बित्नुभयो ?’
राजकुमार – ‘भर्याङबाट तल झर्दै हुनुहुन्थ्यो, चिप्लेर घुँडा ठोक्काउनु भएछ ।’
नारायण – ‘लौ ! अनि घुँडा ठोक्काएर त्यस्तो भएको ! ज्यान जानेगरी !!’
राजकुमार – ‘अँ नि, घुँडा ठोक्कियो अनि लडेर बुढाको टाउको भित्तामा बजारिएछ ।’

——————————————————————————————

भानुको जतिबेलै जिस्किरहने बानीले सबै वाक्क भैसकेका थिए । त्यहीपनि भानुको नानीदेखि लागेको बानीलाई उसले अझै पनि निरन्तरता दिइरहेको थियो ।

एकदिन भानु र उसको साथी धने आफ्नो घरको पिंढीमा बसेर कुरा गरिरहेका थिए । भानुले बाटोमा पैसा देख्यो र धनेलाई भन्यो – ‘उ हेर त ! त्यहाँ बाटोको बिचमा कसैको हजार रुपैयाँको नोट खसेको रैछ ।’

त्यति सुन्नेबित्तिकै धनेको तेस्रोनेत्र खुल्यो र त्यो नोट उठाउन बाटोतिर कुद्यो तर त्यत्तिकैमा एउटा ठुलो गाडी आएर उसलाई किच्यो । भानु भने हाँसिरह्यो किनभने उसले बाटोमा १००० को नोट नभै एक रुपैयाँको सिक्का देखेको थियो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com