फोन ट्यापिङ कानुन : कसको रेकर्ड हुन्छ, कसको हुँदैन ?

प्रकाशित मिति: १७ पुष २०७६, बिहीबार ०७:००

‘पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’ – देउवा
पार्टीको निर्णय त छलफलपछि हुने हो, त्यहीँ कुरा बिग्रिएको जस्तो छ । 

प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता, मोदीलाई नेपाल भ्रमणको निम्तो
निम्तो स्वीकार गरेपनि नगरेपनि उनी कालापानीकाे बाटो भएर आउने हैनन् क्यारे !

डा. बाबुराम भट्टराईको प्रस्तावः नेपालमा पनि इस्वी संवत लागू गरौं
एउटा पार्टी छोडेर अर्को खोलेर अर्कोसँग मर्ज भएकाले उनको ध्यान आवश्यक मुद्दामा छैन जस्तो छ ।

पक्राउको चेतावनीपछि सम्पर्कमा आए चिनी उद्योगी
किसानसँग निहुँ खोजेर हुन्छ त ? भोलीका दिनमा खान नपाउने आँफैले हो । 

सातदोबाटोमा नक्कली स्मार्ट लाइसेन्स भेटियो, फोटो कन्सर्नका ४ जना पक्राउ
फोटैमात्र खिच्दा खिच्दा वाक्क भैसकेपछि केही नयाँ गर्न खोजेको पक्राउ परेकाहरुको भनाइ । 

मलद्वारमा लुकाएर सुन तस्करी, एक जना पक्राउ
थप अनुसन्धानपछि त्यो सुन नभएर अर्कै पहेँलो वस्तु भएको पत्ता लाग्यो । 

इराकस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि ट्रम्पले दिए इरानलाई धम्की
उनले धम्की त दिने न हुन्, केही पर्‍यो भने बेहोर्ने अमेरिकी सेनाका फौजीले मात्र हो, हार्ने मानवताले । 

बाटोमा हिँड्ने प्रेमी-प्रेमिकाको फोन रेकर्ड हुन्न ।’ – सांसद बिडारी
राम्रै हो । यसैपनि कांग्रेसका नेताहरुलाई प्रेमी-प्रेमिका भन्दा पनि आफ्नो फोन रेकर्ड हुने चिन्ता छ जस्तो लाग्यो । 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com