बङ्गालादेशको लिपुलेक काण्ड र पोर्नप्रेमीको बहुमत ! Headline Humor

प्रकाशित मिति: १८ पुष २०७६, शुक्रबार ०७:००

पर्यटनकर्मीको अनुभव : जापानी पर्यटक नम्र, भारतीय अप्ठ्यारा !
दक्षिण भारतीय परेर सायद भाषा बुझेनन् होला । अनि, जापानीहरुले झुकेर अभिनन्दन गरेको देखेर नरम लागेको होला । 

विराटनगरमा १० रुपैयाँमै खान पाइन्छ बासमती चामलको भात
भनेपछि यही खानाको प्रवर्धन गरेरै मात्र प्रदेश १ ले २० लाख पर्यटक भित्र्याउन सक्छ । 

पोखरामा ‘बिइङ ह्युमन’को शाखा पुन: उद्घाटन
उता ‘दबङ्ग – ३’ त्यति चलेन भनेर यता प्रमोशन गर्नका लागि हो ? 

पोर्न सामग्री हेर्ने ७७ प्रतिशत मोबाइल प्रयोगकर्ता
बाँकी २३ प्रतिशतलाई एउटा हात खाली भएको मनपर्ने 

राष्ट्रियसभामा कांग्रेस–समाजवादीको गठबन्धन !
पहिलेको दुइतिहाइको सरकारलाई साँचै हेप्ने मनस्थितीले यो गठबन्धन भएको हो । 

एक दशकमा सर्वाधिक डाउनलोड हुने शीर्ष चार एप सबै फेसबुकका
अबको दशकमा फेसबुकले कि पुरै संसार किन्छ कि डुबेर विलिन हुन्छ । 

मुख्यसचिवको घरमै सशस्त्रले पुर्‌याउँछ ट्यांकरको पानी
त्यो थाहा भएकै कुरा हो नि, यो देशमा आधारभुत सुविधा पाउन सरकारी पदमा हुनैपर्छ । 

‘भारतको बंगलादेशसँग सीमा विवाद मिल्छ भने नेपालसँग किन मिल्दैन ?’ – राधेश्याम अधिकारी
किनभने बंगलादेश कुनैबेला भारतकै भाग थियो, नेपाल र भारतको प्रेमगाथा अलि छुट्टै छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com