तपाईंको मन हँसाउने तिन चुट्किला

प्रकाशित मिति: १८ पुष २०७६, शुक्रबार ०९:१८

झिम्की : ‘रोहन मलाई भन्छन् – ‘तिमी सुन्दरी छौ’, जिवन भन्छन् – ‘तिमी कुरुप छ्यौ” तिमी भन त सिजन म कस्ती छु ?’

सिजन : ‘मेरो बिचारमा तिमी ‘कुरुप -सुन्दर’ छ्यौ !’
————————————————————————————–

प्रज्वल अर्धशिक्षित थियो । उ हिन्दी खासै जान्दैनथ्यो । कामको खोजीमा एकजना भारतीय कम्पनी मालिकसंग पुगेपछि…….

प्रज्वल : ‘साहुजी, मलाई काम दिन सक्नु हुन्छ ?’

मालिक : ‘कितना पढा है ?’

प्रज्वल : ( हिन्दी पुरा नबुझेपछि ) ‘दो पाडा है !’

मालिक : ( आश्चर्य मान्दै ) ‘क्या बोलता है ?’

प्रज्वल : ‘ह्वाएँ ह्वाएँ कर्ता है !’
——————————————————————————————

एकजना विरामी मानिसलाई उनका डाक्टरले फोन गरेपछि…………

डाक्टर : (विरामीसंग ) ‘तपाईंको सबै रिपोर्ट आयो, मैलेचेक गरें ।’

विरामी : ‘कस्तो आयो त डाक्टर सा’ब?’

डाक्टर : ‘एउटा गुड न्युज र एउटा ब्याड न्युज छ ।’

विरामी : ‘पहिला गुड न्युज भन्नु त डाक्टर सा’ब ।’

डाक्टर : ‘तपाईंसंग १० दिनमात्र बाँच्ने समय रहेछ !’

विरामी : ( हतास हुँदै ) ‘अनि ब्याड न्युज चाहिं के हो डाक्टर सा’ब ?’

डाक्टर : ‘सरी ! मैले सुनाउँन ढिलो गरें, रिपोर्ट आएको ९ दिन भई सक्यो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com