‘रामचन्द्र’ बनवास नजानुको कारण ‘शेर’ ! Headline Humor

प्रकाशित मिति: १९ पुष २०७६, शनिबार ०८:५२

प्रदेश १ मा ‘सडक बालबालिका’ मुक्त बनाउने अभियानको घोषणा
घोषणामात्र नहोस्, भैसकेपछि भ्रमण वर्षकोलागी मात्र नहोस् त्यो पनि सफल भए प्रदेश १ मा मात्र नहोस् ।

प्याब्सनका अध्यक्ष भन्छन् : ‘वर्तमान शिक्षा नीतिले निजी क्षेत्रलाई विभेद गर्यो ।’
निजी क्षेत्रले गुणस्तरीय शिक्षाका नाममा गर्ने आर्थिक विभेदको बारेमा कसले बोलिदिन्छ ?

ठमेलका गुण्डा राते पक्राउ
‘राते’ नामको गुण्डालाई अलि ठुलै सजाय ‘दिने’ कि !

प्रधानमन्त्री बन्न नपाउने भएपछि राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न बामदेवले मानेनन्
‘पर्तिस्पर्धाका आधारमा’ त तपाईं भन्दा अगाडि अर्का काम्रेडले प्रधानमन्त्री खान्छन् ।

‘विकल्प खोजिन्छ, वनबास जाने बेला भएको छैन’ – रामचन्द्र पौडेल
बनबास जाने निधो गरे देउबालाई लग्नु , तपाईंको भन्दा उनको आवाजले जनावरहरु डराउन सक्छन् ।

नयाँ मापदण्ड : तारे होटलमा तीन घण्टीभित्र फोन उठ्नुपर्ने, एक मिनेटमा नमस्कार !
यो सामान्य नेपाली परिवारमा गरिने व्यवहार जस्तै त हो ।

बग्दाद हवाई आक्रमणमा इरानी जनरल मारिए, अमेरिकी हात रहेको आरोप
हात मात्र किन, हातले गरेको हवाइ आक्रमणलाई नै आरोप लगाउँ न ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com