गाडी चलाउँदा जुत्ता अनिवार्य, मोजा ऐच्छिक !

प्रकाशित मिति: २२ पुष २०७६, मंगलवार १०:१६

को पर्यटक हुन्, को होइनन् ? परिभाषा बदल्दै सरकार
ए, भ्रमण वर्षको सुरसार अझै सकिएको छैन !

गाडी चलाउँदा जुत्ता अनिवार्य लगाउनु पर्ने
जुत्ता लगाएरै गाडी चढ्ने यात्रुहरुले पनि केही सुबिधा पाउनु पर्‍यो : भेडाबाख्रा घुसाएको हैन, मान्छे चढेको जस्तो हुनुपर्‍यो ।

विद्यार्थी बढे, व्यापार बढ्यो तर फस्टाएन नेपाल-अष्ट्रेलिया सम्बन्ध
त्यही सम्बन्ध फस्टाओस भनेर त पर्यटनमन्त्री हिजो भर्खर अस्ट्रेलिया प्रस्थान गरे त !

छाउगोठ भत्काउन धामी-झाँक्री र पुरोहित सम्मेलन गर्न गृहसचिव राईको प्रस्ताव
प्रस्ताव नराम्रो होइन तर जुन किटाणुले गर्दा यो रोग लागेको हो त्यही किटाणुले त्यो रोग निको पार्ला जस्तो लागेन है ।

प्रदेश ३ को नाम ‘बाग्मती’ हैन ‘नेवाः ताम्सालिङ’ राख्नुपर्ने भन्दै विरोध प्रदर्शन
यत्रो वर्ष ‘बाग्मती’ नामको अञ्चलमा बस्दा चाहिँ कहाँँ लुकिस्या थियो कुन्नी !

महानिरिक्षकको कलाकारलाई आग्रह- ‘फिल्ममा प्रहरीलाई सकरात्मक देखाउनुपर्‍यो ।’
सल्मान खानका फिल्ममा प्रहरीलाई नै हिरो बनाइएको छ तर हिन्दी फिल्म धेरै चलेको नेपाली फिल्मकर्मीहरु मन पराउँदैनन् ।

आराम गर्न सिन्धुपाल्चोक पुगे दाहाल
पहिलाको त्यो महँगो ओछ्यानको वारेन्टी सकिए जस्तो छ ।

कांग्रेस जिल्ला सभापतिहरू भन्छन्, ‘देउवाले विधिविधान मिचे ।’
जिल्ला सभापतिहरू बढ्ता बोल्दै हुनुहुन्छ । पार्टीले भनेको मान्नैपर्छ भनेका छन् देउबाले ।

दुई दशकदेखि इरानमा कार्यरत एक नेपाली भन्छन्, ‘हामी सुरक्षित ।’
संसारभरी आगो बलिरहँदा कसैले त सुरक्षित महसुस गरिरहेको रहेछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com