के भन्न बिर्सिए ट्रम्पले हिजोको सम्बोधनमा ? Headline Humor

प्रकाशित मिति: २४ पुष २०७६, बिहीबार ०८:५१

भारतीय अर्थतन्त्रको अधोगति, नेपालमा प्रभाव
मध्यपुर्व, भारत र अमेरिका तीनवटैले त्यस्तो प्रभाव पार्छ भने त बुद्घ धर्मको बाहुल्यता भएको देशले मात्र नेपालको कल्याण हुने रहेछ ।

‘विष पिउँ कि पार्टी छाडौं ?’ – एकपा राजेन्द्र पाण्डे
ति दुईबाहेक अरु कुनै विकल्प नभएको त पक्कै होइन होला नेताज्यु, विवेक पुर्याउँ ।

ओली-दाहाल संवाद बाक्लो, प्रगति पातलो
‘अब अर्को के सपना देखाउने त काम्रेड ?’ जस्तो संवादमात्र गर्ने होला त के प्रगति हुन्थ्यो !

विशिष्ट व्यक्ति आहोरदोहोर हुने क्षेत्रका प्रचार सामग्री हटाउँदै
दरबारमा बाहिर सिद्धार्थ गौतमले जीवनका कस्ट देखेको जस्तै विशिष्ट व्यक्तिहरुले होर्डिङ बोर्ड देख्नु नपरोस् भनेर ।

‘हामीले गरेको मिसाइल आक्रमण अमेरिकाको अनुहारमा थप्पड ।’ – इरान
सबका हातमा स्मार्टफोन भैरहँदा युद्ध हुँदैन भन्ने आशाबादी सोचको गालामा थप्पड

‘अमेरिका शान्ती चाहान्छ । ईरानले बेलैमा बुद्धि पुर्याओस् ।’ – डोनाल्ड ट्रम्प
‘…तर ईरानले बुद्धि नपुर्याउने डरले हामी बहादुरीका साथ पछि हट्दछाैं’ भन्नचाहिँ बिर्सिएछन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com