‘बिष पिउलान् कि पार्टी छाेड्लान् ?’ – खतरा-नाक २०लेषण

प्रकाशित मिति: २५ पुष २०७६, शुक्रबार ११:१२

केशवरा गजुरेल

३ नंबर प्रदेशको राजधानी हेटौंडा बनाउने निर्णयको बिरुद्ध सरकारी पार्टीकै नेता राजेन्द्र पाण्डे बडो दुबिधामा हुनुहुन्छ- ‘पार्टी छोड्ने कि बिष पिउने !’ अलमलमा परेका नेतालाई बाटो बताईदिनु नागरिकको कर्तब्य हो ।

कमरेड, विष पिउनु भनेको
आत्महत्या गर्नु हो । यस्तो काम कि पागलप्रेमीले गर्छन् कि त चरम महत्वाकांक्षीले । प्रेममा धोका वा महत्वाकांक्षामा तुसारापार त भएको छैन होला तपाईंलाई ।

हतारको निर्णयले फुर्सदमा पछुताउने, सहन नसकेर सधैंलाई अस्ताउनेले पनि यस्तो गर्छन् । आर्थिक गरिबीले
दु:खमा फँसेका र बौद्धिक गरिबीले पिंडामा पसेकाहरु पनि बिष पिएर ज्यान दिएको सुनिन्छ ।

तर, उपरोक्ता कुनै सिम्प्टम्स कमरेडसँग पक्कै छैनन् । तर किन पो त्यसो भन्नु भयो ?

माननीयज्युले अत्तो मात्रै थापेको हो कि सत्य कुरा राखेको हो ? आउनोस्, पत्तो पत्तो लगाउने प्रयास गरौं ।

मेरो मनुसन्धानले भन्छ- वहाँको भनाई संघीयतालाई चलाउने मनोगत ‘ढंगिएता’ भित्र पर्दछ ! अर्थात् माछो आउँदा दुलो भित्र हात, भ्यागुत्तो आउँदा दुलो बाहिर हात ! अर्थात् हात्ती आए मलाई, फुस्सा आए तँलाई !

वहाँलाई सुन्दा लाग्छ, हेटौंडावासीहरु विषका बोतल बोकेर वहांहरुलाई पिलाउन दौडिरहेका छन्, अमृतको पोखरीमा काभ्रेलीहरुमात्र पौडिरहेका छन् ! तर, यस्तो किमार्थ होइन ! हेटौंडामा बिष वा काभ्रेमा अमृत यस्तो हुँदै होइन, स्वाद कस्तो छ कसैले चाखेकै छैन ! अर्थात् कहाँ राख्दा के हुन्छ भन्ने कसैलाई थाहा छैन ।

मनुसन्धानको क्रममा नेकपाका एक गुमनाम कार्यकर्तालाई सोध्यौं – ‘राजेन्द्र कमरेडले आन्तरिक द्वन्दमा खेलेका हुन् कि लाईन नमिलेर उनलाई पेलेका हुन ? कि वहाँलाई निर्विकल्प बनाईंदैछ ? कि राजधानीको भुङ्ग्रो खान्याँइदैछ ? अथवा पेलेर पार्टी निकाला गरिंदैछ, र बिष पिउन बाध्य पारिदैछ ?

उनले भने – ‘यी थोरै दुईवटै कुरा सही होइनन् । कुरा नबुज्ने कोहि छैनन् ! अलिअलि आन्तरिक इगो होला । थोरै थोरै गुटगत बिघो हो !

ठुलाको नियतमा पनि खोट छैन । हिजो उनीहरुले सोचे जस्तै भएन ! ठुला भनेका अभिभावक हुन । उनीहरुले धेरै सुनेकै होलान, देशको बारेमा गुनेका होलान् ! बाबुको जिम्मा धेरै हुनुपर्छ, एउटा निर्णयले सबैलाई छुनु पर्छ ! ऐलेको क्षणमा सन्तुलित ठानें, प्रदेशको राजधानी हेटौंडा माने !

जहाँ सम्म कमरेड राजेन्द्रले बीस पिउने कि पार्टी छोड्ने प्रश्न गरे, उहाँले दुबै गर्नु पर्दैन ।

किनकी उनी डाक्टर केसीसंग त्यसै सिँगौरी खेलेका हैनन् । मनोमहन अस्पताल छोडेकै छैनन् ! यहाँ नभए त्यहाँ गर्छन, भोकै बस्दैनन्,खाएरै मर्छन् ! ढुक्क हुनुस्, कमरेडले पार्टी पनि छोड्दैन् । बिषपनी पिउँदैनन् ।

कुराकानी सकियो
सन्देश लेख्नुहोस् …

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com