नेताको भाषणमा नभएको मौलिकता

प्रकाशित मिति: २५ पुष २०७६, शुक्रबार १८:०८

१५ मिनेटको लामो भाषण सक्काएर एक नेता स्टेजबाट तल झरे । दर्शकदीर्घाबाट एउटा मान्छे ‘शुभचिन्तक हुँ’ भन्दै आयो । अनि ती नेतासँग हात मिलाउँदै भन्यो – ‘एकदमै राम्रो भाषण थियो नेताज्यु । तर, मौलिकता चाहिँ भएन है । ओर्जिनल भाषण दिनुपर्‍यो ।’

नेता छक्क परे । ‘के भन्नु हुन्छ ? मैले आँफै लेखेको आँफै बोलेको कुराहरु मात्र थिए मेरो भाषणमा ।’ नेताले भने ।

शुभचिन्तक – ‘तपाईंले प्रयोग गरेको सबै शब्द भएको किताब छ मसँग नेताज्यु ।’
नेता – ‘लु हेरौँ त कुन किताब रहेछ त्यस्तो !’

शुभचिन्तकले नेतालाई एउटा शब्दकोश दियो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com