हरिनारायणका दुई बुढ्यौली काण्ड

प्रकाशित मिति: २७ पुष २०७६, आईतवार १९:३१

७० वर्षका हरिनारायण एकदमै धनी थिए । उनकी श्रीमतीको भक्खर देहान्त भएको थियो । एउटा भोजमा अचानक उनी एउटी २५ वर्षकी युवतीको अंगालोमा देखा परे । उनका सबै साथीहरु छक्क परे ।
पहिलो साथी – ‘ओहो, के हो यस्तो ? नयाँ बुढी !’
हरिनारायण – ‘हो नि ।’
दोस्रो साथी – ‘कसरी यत्री कान्छीलाई बिहे गर्न मनाउनु भयो ?’
हरिनारायण – ‘आफ्नो उमेरको बारेमा सानो झुटो बोलेर ।’
पहिलो साथी – ‘कति ? ५० बर्षको भनेर फकाउनु भयो ?’
हरिनारायण – ‘हैन, ९० बर्षको हुँं भनेको फ्याट्टै मानीहाली नि ।’

_

कान नसुन्ने समस्याले ७० बर्षे हरिनारायणलाई बर्सौंदेखि सताइरहेको थियो । बल्ल बल्ल डाक्टरको गएपछि डाक्टरले उनलाई उनको श्रवणशक्तिको पूर्ण प्रयोग गर्न सहयोग गर्ने यन्त्र दिए । अर्को महिना फेरी एकचोटी आउने भनेर उनी घर गए ।

हरिनारायण एक महिनापछि डाक्टरकहाँ गए ।

डाक्टर – ‘तपाईं त मज्जाले सुन्न थाल्नुभएको छ । घरमा सबैजना खुशी छन् होला नि ?’
हरिनारायण – ‘मैले त घरमा कसैलाई भनेकै छुइनँ । पहिला जसरी बस्छु र तिनले मेरा बारेमा गरेका कुरा सुनेर बस्छु । कसलाई मेरो सम्पती छोडेर जाउँ भनेर दोधारमा छु ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com