दीपिका पादुकोणको सल्लाहकार बाबा रामदेव, दुरसन्चार प्रमुखले विप्लवलाई बिन्ती !

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार २३:२९

प्रधानमन्त्रीको गुनासो : ‘राम्रो कामको प्रशंसा गर्ने मुटु भएका सम्पादक नै छैनन् ।’
प्रशंसा एकछिनको लागि हो, आलोचना त कार्यकालभरी गर्न सकिन्छ नि त ।

सातै प्रदेशका पत्रकारले भने – ‘भ्रष्टाचार र अनियमितताको समाचार लेख्न रोक्ने विधेयक सच्च्याऊ ।’
प्रशंसा गरिदिनु पर्‍यो रे क्या पत्रकार मित्रहरु, कुरा बुझौँ न ।

टिर्सट लगाएर संसदीय समितिमा जान नपाइने
लगाएपनि टिर्सटमा ‘आइ लव नेपाल’ अनिवार्य लेखेको हुनुपर्ने ।

रामदेवको दीपिका पादुकोणलाई सुझाव–‘मलाई राजनीतिक सल्लाहाकार राख्नुहोस् ।’
योग व्यापारी रामदेवले दीपिका अभिनित नयाँ फिल्मले भोगिरहेको घाटा देख्न सकेनन् ।

दूरसञ्चार प्राधिकरणको आग्रह– ‘मोबाइल टावरमा आक्रमण नगरिदिनुस् ।’
कस्तो दिन आयो नि, मोबाइल टावरमा आक्रमण नगर्न आग्रह गर्नुपर्ने

ह्यारी र मेगनलाई ब्रिटिश महारानी एलिजाबेथको समर्थन
छोराछोरी भन्दा प्यारा हुन्छन् नातिहरु, हजुरआमाले कसरी नमान्लिन् त ।

इमोमार्फत १० लाख ठगेको आरोपमा सात जना पक्राउ
साकारात्मक दृष्‍टिकोण – सबका हातमा फोन भएर साइबर क्राइम बढेको हो नि ।

‘राष्ट्रिय राजनीतिमा अलि अलि जटिलता छ ।’ : प्रचण्ड
राजनीतिमा अलि अलि जटिलता जतिबेलै हुन्छ, पार्टीमा हुन भएन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com