तीन नेताको एउटै स्वर र पुटिनको नयाँ प्रस्तुति – Headline Humor

प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार २३:४६

बालुवाटारमा ओली, देउवा र प्रचण्डको एउटै स्वर
‘मुड्की उचालेर’ ‘जिब्रो लर्बराउदै’ ‘उखानटुक्काको प्रयोग’ भएको जानकारी 

धरौटी बुझाएर छुटे लगत्तै चन्द समूहका दुई नेता पुनः पक्राउ
एउटा अपराधमा संलग्न भए पो एकचोटीको धरौटीले काम गर्छ त । 

सामाजिक सञ्जालको कुलत: प्रयोगकर्ता सम्बन्धी तथ्याङ्क कम्पनीले दिनुपर्ने डाक्टरहरूको माग
माग डाक्टरहरूको, साथ औषधि बनाउनेहरुको 

मन्त्री बास्कोटाको प्रस्ताव- ‘मन्त्री क्वार्टर घटाएर राम्रा पार्कमा लगानी गरौं ।’
कुन नेताको नाममा नयाँ पार्क बन्छ, उद्घाटन गर्न एक मन्त्री, अतिथिहरु उनकै पार्टीका मान्छे, मन्त्री क्वार्टर जत्तिकै त भयो नि । 

वैदेशिक रोजगारीमा ठगिँदा प्रहरीमा पनि उजुरी दिन सकिने
हर्न प्रतिबन्ध जस्तो भएन भने त प्रदेश १ को मधेशमा धेरै चिया पसलको व्यापार खस्किने भयो । 

ओली प्रचण्ड वार्ता सकारात्मक, भोलि निर्णायक छलफल
पर्सी अर्को विवाद सुरु अनि त्यसपछि पार्टीभित्र नयाँ गुटको स्थापना

‘लागू औषध प्रयोगकर्तालाई दण्ड होइन, परामर्श दिनुपर्छ ।’ –  आईजीपी खनाल
अनि लागू औषध बेचकर्तालाई रोजगारीकालागी परामर्श दिनुपर्छ ।

गोरु काटेको आरोपमा दुई जना पक्राउ
बेचेजस्तो होइन, गोरु काटेको साईनोले कुनै नातेदारलाई राम्रो गर्दैन ।

संसद्‍को गतिरोध हटाउन नागरिक अगुवाको अपिल, कांग्रेसले दबाब दिने
अब चाहिँ केही होला जस्तो छ । तर, यो कुरा त देउबाको सरकार हुँदा पनि सोचेको हो ।

‘मिखाइल मिसुस्टिन’ रूसका नयाँ प्रधानमन्त्री
भ्लादिमिर पुटिनको नयाँ प्रस्तुति – ‘पदीय औपचारिकता’ हेर्न नभुल्नुहोला ।

ट्रम्पविरुद्ध सिनेटमा महाभियोग प्रक्रिया औपचारिक रूपमा शुरू
ए बल्ल पो औपचारिक रुपमा सुरु ! यो झन्झट देखेर ट्रम्पले आँफै पदत्याग गर्लान् ।  

‘द्वन्द्वका क्रममा मारिएकामध्ये पाँच हजारको मात्रै जिम्मा म लिन्छु ।’? – प्रचण्ड
पाँच हजारको ‘मात्रै’ जिम्मा लिएर आफ्नो पाप पखालिने जस्तो कुरा नगरौँ न । 

‘गजुरीयल डटकम’कालागि  ‘किम्वदन्ती’को संकलन तथा व्यङ्ग्य प्रतिकृया
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com