गोरुहरुको ‘अथि’मा ‘नत्थी’ लगाउँ !’ -रंगिला संयुक्त गुरु मोर्चा Headline Humor

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार १०:४३

सांसद मनाङ्गेले गरे एन्फा कास्कीका अध्यक्षमाथि कुटपिट
‘लातको भुत बात गर्न जाँन्दैन भनेको यहि हो !

नेकपाको अनुशासन आचारसंहिता कागजमा निर्मम, व्यवहारमा अराजक !
कम्युनिज्म छाडेर कमाउनेजमको बाटोमा लागेको ठोस प्रमाण !

छायाँ गणित विषय : कक्षा ११ र १२ मा ऐच्छिक राख्ने तयारी
नयाँ पुस्ताले राज्यको ढुकुटीको लेखाजोखा गर्न नसकुन् चाहना प्रकट !

उपसभामुख कसलाई ? राजपा भन्छ – ‘ हामीलाई !’
जसबाट मिल्छ माल – उसैलाई हाल ।

‘भन्सारमा बस्ने कर्मचारीका कारण समस्या देखिने गरेको छ ।’ – भवानी राणा
‘भन्सारमा घुस माग्न्याँ र घुस दिएर बानी पार्न्याँ दुवै समस्याका करण हुन् ! -जंग बहादुर राणा

‘परमेश्वको नाम लिँदै पाष्टरले बलात्कार गरे ।’
गुरुका नाउँमा गोरु बन्ने पास्टर /गुरुको ‘अथि’मा नत्थी आवश्यक !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com