भारतलाई झड्का, नेपाललाई तड्का- के हो ?

प्रकाशित मिति: ९ माघ २०७६, बिहीबार १३:२९

सल्लाहमा मदिरापान, विवादपछि किशोरले गरे छुरा रोपेर साथीको हत्या
एक पेगले ओले ओले, दुई पेगले खोले, तिन पेगले ल्याम्म, ल्याम्म चार पेगले झ्याम्म !

फाँसीबाट बचेर आएका उमेश भन्छन्- ‘जेलमा भएका नेपालीहरुका लागि लड्छु ।’
सबैभन्दा पहिला रोजगार दलालसंग लड्नु पर्छ ।

कांग्रेसमा सुरु भयो शीर्ष सम्वाद
विवाद मच्चाएर कार्यकर्ता विभाजन गरेपछि भागबण्डाको लागि संवाद गर्ने पुरानै रोग !

बेलायत अध्यागमन नियम परिवर्तनको तयारीमा,नेपालबाट पनि दक्ष जनशक्ति बेलायत जाने ढोका खुल्ने
धेरै पार्टी छन् , अद्यक्षहरुले देश चलाउने, थप दक्षहरु बेलायत हराउने सम्भावना !

बाबुराम र अशोकलाई प्रचण्डको आग्रह : ‘निरीह भएर बस्नुभन्दा नेकपामा आउनुस् ।’
बाबुराम र राईको प्रचण्डलाई प्रश्न : ‘भएकालाई नै आशन छैन, हामीलाई सिंहासन कसरी ?’

नुवाकोटको बजेट कार्यान्वयन निराशाजनक, संघीय सरकारको २७।५ र प्रदेश सरकारको ५ प्रतिशत मात्र खर्च
यसैले देखाउँछ – देशमा धनको होइन, बुद्धिको खाँचो छ !’

लोकतान्त्रिक सूचांसक नेपाल ९२ औं स्थानमा, भारतलाई लाग्यो झड्का
‘मोदीक्रेसीमा यस्तो कसरि हुन सक्छ ? पक्कै नेपालले घुस खुवाएको हुनपर्छ !’ -अनविज्ञ

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com