कोरोना कानुन : सचेत गराउनेलाई पुरस्कार, तर्साउनेलाई तिरस्कार ! Headline Humor

प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार १०:१५

कांग्रेस बैठक : नेताहरुबीच सहमति, कार्यकर्तामा गमला हानाहान
यो हो नि तरिका ! कार्यकताबिच झगडा लाईदिने, नेताहरुले बाँडेर खाई दिने !

छापामा आज : ‘पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई ।’
लगानी गर्न नसक्ने नेताहरुलाई समेत सेयरधनी बनाउने आशंका !

आस्थाविरुद्ध प्रहरीको व्यवहार– ‘काँक्राचोरलाई राइफल !’
काउछोमा हात हाल्दाको परिणाम !

‘सरकारले जनताको पक्षमा काम गर्न सकेन ।’ -प्रतिपक्षी नेता गगन थापा
‘प्रतिपक्षको मेहनतले मात्र देशको गतिबिधि अघि बढिरहेको छ !’ – सत्तापक्षका नेता

चर्चित नायिकाकी छोरीले भनिन्, ‘म कार्तिक आर्यनसँग बेड सेयर गर्न सक्छु ।’
अनुभव नहुनेले यस्तो जोखिम मोल्न सितिमिति चाहदैनन् !

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या
एक महिना नेट बन्द भए सयौं अस्पताल भर्ना हुने !

नवनिर्वाचित सभामुख अग्नी सापकोटाले सपथ ग्रहणपछि सोमवार जिम्मेवारी सम्हाले।
शत्रुले सरापेको देश : कसैको कामना बिवाद छिराउने, कसैको चाहना खुईल्याउने, गिराउने !

कोरोना भाइरसको आतंक विश्वभरी फैलिँदै
चिन आतिई सक्यो, नेपालको तयारी के छ कुन्नी !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com