पचास रूपियाँकाे जाेक !

प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार १०:२१

निशा एकाबिहानै घरबाहिर निस्किएकी थिइन् । फर्किएर घर आउँदा उनका पति गोबिन्दलाई सुतिरहेको देखेपछि उनि यसरी पड्किइन् -‘मध्यदिन भइसक्यो , अझै उठ्नेबेला भएन ? मैले कति काम गरिसकें, तपाईं सुतिरहनु भएको छ !’

गोबिन्द पनि के कम, जवाफमा उनि पनि कड्किए – ‘म त्यसै सुतेको मात्र भन्ने नठान । मैले त कमाई नै गरिसकें । हिंजो हेरेको जग्गा किनें, वरिपरी पर्खाल लगाएँ । खरिद गर्ने ग्राहक खोजेर बिक्रि गरेँ । नाफा राम्रै आएकोले केही रकम बैंक बैलेंस गर्ने र तिमीलाई एउटा औंठी किन्ने निर्णय समेत गरि सकें ।’

पत्नीले खुशी प्रकट गर्दै भनिन् – आहा ! हजुर त कति महान्  हुनुहुन्छ, एकैदिनमा यत्रो काम गर्न सक्नु भएछ । तर यो कसरी सम्भव भयो मलाइ भन्नु त ?’

गोबिन्द थप्छन् – , काम हामी दुबैले गर्यौं प्रिया, फरक यति हो, तिमीले  हात चलायौ, मैले ओछ्यानै बसेर दिमाग चालाएँ ! यसलाई फगत सपना नठान नि ! हुँदा मालामाल, नहुँदा माग्नेको चाल छँदैछ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com