ग्याँसको भाउ बढ्नु र पेट्रोलको घट्नुको राष्ट्रीय कारण !

प्रकाशित मिति: २१ माघ २०७६, मंगलवार ०९:४५

 

चीनले अमेरिकालाई लगायो कोरोनाभाइरस बारे ‘त्रास फैलाएको’ आरोप
चीनलाई खानेले अमेरिकालाई पनि खान्छ, मिलेर काम गर तिम्रो के जान्छ ?

एयरलाइन्समा तीन जहाज अनिवार्य, मर्जर र एक्वीजिसनको पनि सुविधा
एउटा जहाज राखेर यात्रु झुक्याउने एयरलाइन्सलाई सुनौलो अवसर ।

बालिका बलात्कार आरोपमा बारामा भारतीय ‘बाबा’ पक्राउ !
‘बाबा’ शब्दको बदनामी भयो । बाबाले बलात्कार गरेको होइन, बलात्कारीचाही ‘बाबा’ भएको होला !

चिनी मिल उद्योगी राकेश अग्रवालले रुँदै भने- ‘टर्चर सहनुभन्दा सिडिओ साहेब मलाई थुन्नुस् ।
ग्यास्ट्रिक हुँदा हेला गरे, अल्सरको फेला परे, क्यान्सरको फन्दामा परेर डाको छोडे । बिचरा !

नेकपा केन्द्रीय समितिको बैठकपछि उत्साही प्रचण्ड
निरुत्साही ओली । कैले सासुको पालो कैले बुहारीको !

खाना पकाउने ग्यासको मूल्य बढ्यो, डिजेल/पेट्रोलकाे घट्यो
भोको पेटले गाडी चढ्ने नेपालीलाई खुसीको कुरा ।

फेसबुक पेजमा प्रियंका कार्कीको फोटो राख्दै बार्सिलोनाले भन्यो ‘वी लभ नेपाल ।’
नेपाललाई मन पराएको हो या प्रियंकालाई ? खैर जे होस् , नेपालीलाई त् मन परायो नि ।’

‘दोलखामा मानव अधिकारको कार्यालयमा पेशेवार रुपमा जुवा खेलाइदै, मानवाधिकारकर्मी जुवाडे पक्राउ – सुरक्षाकर्मी
‘काम, आराम र मनोरंजन मानिसको नैसर्गिक अधिकार हो । अधिकारकर्मीलाई हेप्नी सरकार धिक्कार होस् ।’ -धिक्कारकर्मी

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com