रक्सी पिउँन छोड्ने सजिलो तरिका !

प्रकाशित मिति: २२ माघ २०७६, बुधबार ११:१८

टिचर : ‘राम,१५ वटा फलफूलको नाम भन त।

राम : ‘आँप’

टिचर : ‘स्याबास, अरु भन ।’

राम : ‘अर्को स्याउ सर ।’

टिचर : ‘गुड, अरु थप भन ।’

राम : ‘नासपाती सर ।’

टिचर : ‘भेरी गुड ! अब १२ को नाम भन त ।’

राम : ‘एक दर्जन केरा सर !’
——————————————————
रोहन निकै रक्सी पिउंथ्यो । एकदिन उसले कहिल्यै रक्सी नपिउंने निर्णय गरेर आफ्नो कोठामा भएका खाली बोतल फाल्न थाल्यो ।

पहिलो बोतल फाल्दै – ‘तेरा कारण मेरो इज्जत गयो ।’

दोश्रो बोतल फाल्दै – ‘तेरा कारण मेरो स्वास्थ बिग्रियो ।’

तेश्रो बोतल फाल्दै- ‘तेरा कारण मेरी बुढी पोइल गइन् ।’

चौथो बोतल समाउँदा भरि देखेपछी – ‘साइड लाग पुन्टे तँ त निर्दोष छस् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com