फेसबुक नचल्दा सुरेश बहोस् !

प्रकाशित मिति: २४ माघ २०७६, शुक्रबार ०८:०७

रमेश, सुरेश र उमेश संगै डेरा बस्दथे । एकदिन सुरेश बेहोश भएपछी दुई जना भएर अस्पताल लगेपछी…

डाक्टर : ‘वहाँलाई के भयो ?’

रमेश : ‘फेसबुकको बिरामी हो डा’साब, ४ दिनदेखी इन्टरनेट आएको छैन !’
—————————————————————————————

बाबुले आफ्नो सानो छोरालाई यसरी सम्झाउँदै थिए – ‘बेटा तिमी यति महान बन कि तिम्रो नाम प्रिथिबीको चारै दिशा फैलीयोस् ।’

छोरा पनि अलिअलि पढिखाएको हुनाले प्वाक्क बोल्यो – ‘पृथ्वी गोलो छ बुबा, कताको चारै दिशा नाम फैलाउनु !’
————————————————————————————

शिक्षक : ‘रोहन, तिमीलाई A B C D आउँछ भन त ।’

रोहन : ‘पुरै आउँछ सर, A B C D ‘

शिक्षक : ‘स्याबास,अरु भन ।’

रहन : ‘अरु सबै ठिक छ सर !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com