प्रचण्डलाई मधेस आउँदा किन माईतीघर पुगेजस्तो लाग्छ ? Headline Humor

प्रकाशित मिति: २५ माघ २०७६, शनिबार ०९:२०

जुट्यो अरुण-३ को लगानी, ८६ अर्ब भारतीय लगानी भित्रिँदै
भारतीय लगानी, नहोस् नेपालीलाई ग्लानी !

कोरोनाभाइरस : सम्भावित प्रकोपबारे सबैभन्दा पहिले चेतावनी दिने चिनियाँ चिकित्सकको पनि मृत्यु
श्रद्धाञ्जली ! चिकित्सकलाई, घृणाञ्जली, भाइरसलाई ।

फिनल्याण्डमा बच्चा जन्मिएपछि बुवालाई पनि आमालाई जत्तिकै बिदा
बिदामा लुसुक्क घर बाहिर घुम्न प्रतिन्बन्ध ।

बालुवाटार जग्गाबारे अख्तियारको मुद्दामा कांग्रेसले उठायो दुई प्रश्न
उठि सकेपछी प्रश्नले भन्यो- ‘कस्तो कुठाउँमा उठाएको यार, भाङ खाछौ कि क्या हो !

‘वीच्याट’ले पायो नेपालमा कारोबार गर्ने अनुमति, एनएमबी बैंकमार्फत् कारोबार हुने
चाईनिज एप भएकोले कोरोना नियन्त्रणपछि मात्र कारोबार हुने !

क्यासिनो रोयलमा मजदुरको बिचल्ली, सम्झौता सकियो, व्यवस्थापक ‘सम्पर्क विहिन’
अर्को क्यासिनोमा जुवा खेल्दै होलान् !

चीनबाट फर्काइने नेपाली राख्न खरिपाटीको विकल्प खोज !
विकल्प खोज्दाखोज्दै अकल्पनीय हुने खतरा !

माइतीघरमा कांग्रेसको नारा : ‘सरकार तेरो भ्रष्टाचार, किन मात्र गच्छदार !’
ससुराली घरबाट जनताको नारा- ‘काङ्ग्रेस तेरो गच्छदार, भ्रष्टाचारको नबोक भार !’

‘मधेस आउँदा माइतीघर आएजस्तो लाग्छ !’ -प्रचण्ड
घरमा काम देखाउनुपर्छ, माईतमा बोलिदिए पुग्छ ! 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com