यसकारण रावणले यमराजका अगाडी गीता छोएनन् !

प्रकाशित मिति: २६ माघ २०७६, आईतवार ०८:४१

एकजना बुढा बा र सानो बच्चाबीचको कुराकानी….

बा : ‘बेटा, तिमीलाई कस्तो छ ?’

बच्चा : राम्रो छ बा ।

बा : ‘स्वास्थ्य कस्तो छ ?’

बच्चा : ‘एकदम ठिक छ ।’

बा : ‘पढाई कस्तो छ ?’

बच्चा : ‘हजुरको जीवन जस्तै !’

बा : ‘मतलव ?’

बच्चा : ‘भगवान भरोशा !’
————————————————–

भिखारी : ‘मलाई दया गरेर केही दिनुस् न ।’

बेरोजगार : ‘खै के दिउँ र ? ल मेरो बि कम को सर्टिफिकेट राख !’

भिखारी : ‘यसरी मलाई नरुवाउनुस, बरु राख्नुस् मेरो इञ्जिनियरिङ्ग डिग्रीको सर्टिफिकेट !’

———————————————————

एकदिन यमराजले बयान दिनका निमित्त रावणलाई बोलाएर बयान सुरु भएपछी…

यमराज : ‘रावण, तिमीले सत्य बोल्नु पर्नेछ, तयार छौ ?’

रावण : ‘म पूर्ण रुपमा तयार छु ।’

यमराज : ‘त्यसोभए ल यो गीता छोएर भन ।’

रावण : ‘म गीता त छुँदैछुन्न !’

यमराज : ‘किन गीता छुँदैनौ ?’

रावण : ‘एउटी सीतालाई छुँदा यो हालत छ, फेरी किन गीता लाई !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com