१८० नेपाली ल्याउन नसक्नेले ७०० चिनियाँ कसरी भित्र्यायो ? Headline Humor

प्रकाशित मिति: २८ माघ २०७६, मंगलवार १९:१२

‘तपाईं कसरी ब्लडप्रेसर कन्ट्रोल गर्न सक्नुहुन्छ ?’
प्रेसर हाई हुनेले तामसी भोजन खाएर, लो हुनेले सात्वीक भोजनले अघाएर !

‘मुलुक समाजवादतर्फ अघि बढे पनि सबैको भावना र चाहना समेट्न सकिएन ।’ -अध्यक्ष प्रचण्ड
कोही भोकभोकै, कसैलाई मकै-मकै अनि कसरी हुन्छ त कमरेड !

सातामा ७ सय चिनियाँ भित्रिए, कोरोनामा ‘पशुपतिनाथ’ को भर !
नेपालीलाई देश फर्काउन तिथि मिति हेर्ने, सयौं चिनियाँलेचाही नेपाल घेर्ने,  हाम्रै नेपालमा !

दयाहाङ्गको हातमा फिल्म नै फिल्म
माल पाउने भनेकै चाल पाउनेले हो ।

सुदर्शन थापा भन्छन्– ‘हिन्दी चलचित्रसँग कहिलेसम्म भाग्ने ?’
नेपाली चलचित्रमा हिन्दी कथा र गीतको नक्कल गरुन्जेलसम्म !

मलेसियाले पाकिस्तानबाट सुरक्षागार्ड लैजान खोज्दा नेपालमा चिन्ता
बेलैमा बुद्धि नपुर्याए चिन्तामात्र हैन बहुलाउने दिन आउन सक्ने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com