आजका हेडलाईनहरु Headline Humor

प्रकाशित मिति: २ फाल्गुन २०७६, शुक्रबार ११:२४

दिल्लीमा केजरीवाललाई दुईतिहाई, बीजेपीको दुई रुपैयाँ किलो आँटा बिकेन !
बल्ल बुझे होला मोदीले, आँटा शहरमा भन्दा गाउँमा बढी बिक्छ भन्ने कुरा !

नेपाल–चीनबीच अघोषित नाकाबन्दी, व्यवसायी भन्छन्- फँस्दैछौं
फँस्दैछौं  होइन, बिकल्प छैन- पर्खेर बस्दैछौं भन्नुस !

मुनाको हत्या गरेर आधा घन्टापछि आत्महत्या गरेका थिए चौधरीले
मार्नु क्रोधको सिकार, मर्नु आत्मग्लानीको स्वीकार !

सांसदको प्रस्ताव : ‘जनविरोधी कानून टुँडिखेल लगेर जलाऔं’
कति निरिह अभिव्यक्ति ! कानून बनाऔं भन्न सकिन्न ?

‘असारभित्र मेलम्चीको पानी काठमाडौं आउँछ’-  खानेपानी मन्त्री
पत्याउँनु र मन्त्रीज्यू ? ढाँटको निम्तो खाई पत्याउनु भन्छन् !

‘गुटले झुण्डको स्वार्थ मात्र पूरा गर्छ’ : नेकपा प्रवक्ता
झुण्डमा त धेरै हुन्छन् कमरेड, सीमित सुण्ड-मुसुण्डको मात्र भन्नु न !

कांग्रेस सांसदले भने : ‘गच्छदारलाई मुद्दा लगाएर ठीक गर्‍यो भन्ने जनआवाज छ’
यि सांसदले गच्छेदार पार्टीमा बलियो बन्दैछन् भन्ने हिसाब किताब राखेका रहेछन् कि क्या हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com