सफाई पाएपछी महरा : प्रतिष्ठाको घाउमा, मल्हम लगाउने दाउमा ! Headline Humors

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार ११:१३

सडक पेटीमा सुतेका व्यक्तिको टिपरले लियो ज्यान
यो अन्धोको नाम टिपर होइन, ज्यानमारा राख्नु पर्ला !

बलात्कार प्रयास मुद्दामा महराले पाए सफाइ
कानूनी दाग त अदालतले मेट्यो, इज्जतको दाग कसरी मेट्ने होला !

किशोरावस्थामा यौन सम्पर्क नगर्ने सल्लाह उचित कि अनुचित
बुद्धि बढाउने बेलामा सुद्धि घटाउँने कार्य गर्नु अनुचित !

आवश्यकताले मन्त्रालयको जिम्मेवारी पाएँ : शिवमाया तुम्बाहाङ्फे
यसरी किन ढाँट्नु होला  ! सट्टा भर्नाको इमान्दारी कार्यन्वयन भयो भन्नु न  !

थुनामुक्त भएपछि महराले भने– राष्ट्रिय स्वाधिनता मेरो मुख्य प्राथमिकता
प्रतिष्ठामा लागेको घाउमा, राष्ट्रियताको मल्हम लगाउने दाउमा !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com