विद्यार्थीले शिक्षकलाइ यसरी मुर्ख बनाए !

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार २०:१५

नबिन : (बुद्धसंग ) ‘लामो नाम हुने कुनै चिज भन्न सक्छौ ?’

बुद्ध : ‘यति त भनिहाल्छु नि, रबर !’

नबिन : ‘यो त खासै लामो भएन ।’

बुद्ध : ‘यसलाई जति पनि तनकाउन सकिन्छ नि !’
__________________________________

रोहनले आफ्नो साथीसंग श्रीमतीको प्रशंसा गर्दैगर्दा

रोहन : ‘मेरी श्रीमतीले त मेरो कुरा कहिल्यै काट्दिनन्, सजिलै मान्छिन।

राम : ‘जस्तो के कुरामा सजिलै मान्छिन भन त ?”

रोहन : ‘हिजो साँझ मैले तातो पानी मागें, उनले तुरुन्तै ल्याईदिइन् ।’

राम : ‘खानापछी सधैं तातो पानी खान्छौ ?’

रोहन : ‘होइन, म चिसो पानीले भाँडा माझ्न सक्तिन, त्यसैले !

—————————————————-

बिद्यार्थी : ‘सर, मुर्ख कस्ता मानिसलाई भन्छन् ?’

शिक्षक : मुर्ख त्यो हो जसले आफ्ना कुरा अरुलाई बुझाउँन सक्दैन ।

बिद्यार्थी : सर, मैले तपाईंले भनेको कुरा पटक्कै बुझिन त !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com