पुर्वराजाको कुरा, ‘चेतावनी कि समय विताउँने’ ?Headline Humors

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार ०८:२१

सलाम नगरेको भन्दै जवानलाई कुट्न खोजे सिंहदरबारका इन्स्पेक्टरले
सलामीमात्र खोज्ने हाकिमले मलामी घटाउँने निश्चित छ !

राजनीतिक तुलोमा एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबैजस्तो भएको छ: प्रधानमन्त्री
बोल्ने, कराउँनेहरुकै पिठो बिक्ने हो, अरुको चामल पनि बिक्दैन भनेको यहि हो ! – अन्य मन्त्रीहरु

ललिता निवास जग्गा प्रकरण: किटानी जाहेरी परेकालाई सीआईबीले ‘रणनीतिक रूपमा मुद्दा हाल्ने’
ठुलालाई मालामाल सनाको बेहाल, नबनोस् रणनीतिक चाल !

पृथ्वीबाहिर जीव खोज्न गम्भीर हुनुपर्ने खगोलशास्त्रीको भनाइ
भएका जीवको संरक्षणको समस्या अजिव भएको छ, किन चाहियो नयाँ जिव ?

बिगतको इतिहासलाई नभुल्न पूर्वराजाको चेतावनी
कसले सुन्छ तिम्रो चेतावनी ? धम्की दिँदै समय विताउँने मात्र !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com