सिजन यसकारण स्वर्ग गएनन् !

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार २१:१५

  • श्याम सर दुई कक्षाका विद्यार्थीलाई पढाउँदै थिए । ठट्टा गर्दै उनले विद्यार्थीलाई भने – स्वर्ग जान चाहनेले हात उठाउँनुस् ! त्यहाँ उपस्थित सबैले हात उठाउँदा सिजनले भने हात उठाएनन् । श्याम सरले पुन: सोधे – तिमीले किन हात उठाएनौ सिजन ? सिजनले जवाफ दिए – मलाई आमाले स्कुलबाट सिधै घर आइनस भने खुट्टा भाँच्छु भन्नु भएको छ !

—————————————————————–

  • अदालतमा एउटा मुद्दामाथि बहस हूँदै थियो । पक्ष र विपक्षका वकिलबीच भनाभन सुरु भयो । पहिलोले भन्यो – तँ जस्तो गधा त आज सम्म मैले देखेकै थिएन ! दोश्रोले अझै जोडले भन्यो – तँ जस्तो गधा मैले पनि कहिल्यै देखेको थिइनं ! यतिकैमा न्यायाधीशले टेबल ठटाउँदै भने – अर्डर, अर्डर, सायद तपाईंहरुले भुल्नु भयो होला, म पनि यहाँ छु भनेर !
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com