गाँजा खाएपछी मान्छे यसरी बाँदर भएछन् ! Headline Humors

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आईतवार १०:२२

एमसीसी सम्झौता नसच्याई अनुमोदन नगर्न सर्वसम्मत सुझाव
एमसीसी सम्झौता मच्यो ,मच्यो थच्यो हुने सम्भावना !

अफगानिस्तानमा आजबाट युद्धबिराम, २९ फेब्रुअरीमा शान्ति सम्झौताको तयारी
बर्षौंको त्राशपछी खोक्रो आशको सम्भावना !

मेरा कारणले संसद नघेरियोस्, आन्दोलन नहोस् : गोकुल बास्कोटा
उनका लागि कसैले गर्नेवाला छैनन् भन्ने कुरा बुझेछन् !

अवैध सम्पत्ति थुपार्नेविरुद्ध कडा अनुसन्धान र निगरानी सुरु
काग कराउँदै पिना सुक्दै, निगरानी बढ्दै, गोकुलहरु भुक्दै !

‘हामीले भाइरस ल्याएका हैनौं तर हामीलाई कोरोनाभाइरस नै आएजस्तो ठानियो’
यो बाध्यता हो, अनिकालमा बिउ जोगाउनु, हुलमालमा जिउ जोगाउनु भन्या यहि हो ।

पशुपतिनाथको सौन्दर्य : बाँदरबाट जोगियो, मान्छेले चुँडे !
गाँजाले लट्ठीएर बाँदरलाई चुनौती दिएको हुन सक्ने !

फोटो साभार : ( सामाजिक संजाल )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com