पतिले लिन लागेको बिष पत्नीले पिइन् ! – आजका चुट्किलाहरु

प्रकाशित मिति: १२ फाल्गुन २०७६, सोमबार ०८:१५

बाटोमा हिंड्दै गर्दा जिवनलाइ प्यास लागेछ । नजिकको एउटा घरमा एउटा सानो बच्चालाई देखेपछी ……

जिवन : “बेटा,  बुबा घरमा हुनुहुन्छ ?”

बच्चा : “बुबा अफिस जानु भएको छ ।”

जिवन : “आमा कहाँ जानु भयो त ?”

बच्चा : “घाँस काट्न जानु भयो ।”

जिवन : दाजु- दिदी पनि छैनन् ?”

बच्चा : “खेल्न गएका छन् ।”

जिवन : (अलि झर्किँदै ) “तिमी पनि कतै जानु नि,के खान घर बसेका ?”

बच्चा : “म पनी त साथीको घर आएको हो नि, घरमा बसेको छु र !”

—————————————————————

दिनेश आफ्ना अगाडी एउटा कोकको बोटल राखेर निरास मोडमा बसेका थिए । ठिक यहि समयमा उनकी श्रीमति बाहिरबाट आएर बोटलको कोक घटघटी घुट्क्याई सकेपछी…….

पतितिर फर्किएर सोधिन् – ‘आज किन धेरै उदास देखिनु भएको छ ?’

पतिले मलिन स्वरमा भने  ‘हेरन, बिहान तिमीसँग झगडा भएकोले अफिस पुग्न ढिलो भयो ।

किन ढिला आइस भनेर हाकिमले जागिर नै खाइदियो । जागिर खोसिएपछी मलाई धेरै तनाव भयो । पिएर मर्नु पर्यो भनेर कोकमा बिष मिलाएको थिएँ, त्यो पनि तिमीले खाइदियौ !अनी कसरी खुशी हुनु प्रिया् ?’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com