संविधान संसाेधन, वामदेव, कोरोना, कलेजोको ओखती : Headline Humor

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलवार १०:०७

मुद्दामै नछिरी उम्किए ओली, कार्यकर्तामा भरेनन् ऊर्जा
मुद्दै मुद्दाका चाङ्ग, उत्ताना टाङ्ग ! कसरी भर्छन् त उर्जा !!

ओली-यती प्रेम : अढाइ लाखको उडान, ३२ हजारको केक !
‘नाम नै यती भएपछी यत्ती त चलिहाल्छ नि ।’ – प्रम

कोरोनाभाइरस: विश्वव्यापी महामारीको चिन्ता बढ्यो
जसको मासु खायो, उसैले सातो खायो भनेको यही हो ।

कोरोनाभाइरस चीन, ईरानहुँदै कोरिया पुग्यो ।
सरकार, अग्रिम सुरक्षा र उपचारको तयारी गर्नु गरियोस् ।

कलेजो सफा गर्नेदेखि कयौं रोगबाट बचाउने एउटै फलः स्याउ
कलेजो छिट्टै सिध्याउने तरिका- बिहान खाउ स्याउ, साँझमा दारु धोक्र्याउ !

माधवलाई ‘जालसाजी’को जनाउ, वामदेवको आफ्नै मस्यौदा !
लोभ, मोह र अहंकारको चक्रब्युहमा नेकपा नेतृत्व !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com