पढेका धनप्रसाद यसरी औंठा छाप बने !- आजका हास्य चुट्किलाहरु

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलवार ०८:३९

मच्छडदानी भित्र मान्छे सुतिरहेको देखेर एउटा मच्छड छक्क परेर हेरिरहेको देखेपछी…

दोश्रो मच्छडले प्रश्न गर्छ – ‘किन अचम्म मानेर बसिरहेको यार ?’

पहिलो मच्छड जवाफ दिन्छ – यहाँ गज्जब भई रहेको छ यार ! मसलादानीमा मसला, खानदानीमा खाना, साबुनदानीमा साबुन राखिन्छ तर मच्छडदानीमा मान्छे किन सुताइम्छ !
————————————————————————————

एकदिन दुइटा मुसा बाइकमा यात्रा गरिरहेका थिए । अचानक बाटोमा एउटा बाघको डमरुले लिफ मागेछ । बाइक चलाउँने मुसाले रोक्न

खोज्दा पछाडी बसेको मुसाले भन्यो – तँ गम्भीर भएर सोच है, कतै तेरी आमाले देखिन भने गुन्डाका साथमा घुम्दो रहेछ त भन्दिनन् !

————————————————————————————

धनप्रसाद आफ्नो अफिसको हाजिरी मेसिन अगाडी बुढीऔंठा खडा गरेर बसिरहेको देखेपछी….

मनप्रसाद : किन औंठा खडा गरेर बस्छौ यार ? ठोक न हाजिर !

धनप्रसाद : के गरौँ यार हातै लाग्दैन, आमा-बाबुले पनि दुख गरेर पढ़ाएकै हुन्, मैले पनि निकै मेहनत गरेर डिग्रीसम्म पास गरेँ । तर अफिसमा प्रवेश गर्न पनि औंठा छाप !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com